१८ अकंले घट्यो नेप्से, सबा ५ अर्बको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मगंलबार सेयर बजार (नेप्से परिसूचक )१८.५४ अकंले घटेको छ ।

मगंलबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.६३ प्रतिशतले घटेर २९२९.२८ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने ३.२१ अंकले घटेर ५४५.६६ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै उपसमूहको सूचक घटेका छन् ।

त्यस्तै, २ सय २२ कम्पनीका १ करोड ६ लाख ३९ हजार ८ सय २६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४ सय ४३ रुपैयाँको खरिद बिक्री भएको छ ।

यस दिन मनकामना स्मार्ट लघुवित्त बित्तिय संस्था लिमिटेडको सेयर मुल्य १० प्रतिशत र सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *