नियमित प्रक्रियाबाट बजेट पास हुन्छ : अर्थमन्त्री शर्मा

काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले सरकारको खर्च केही दिनका लागि रोकिन पनि सक्ने जनाएका छन् । नियमित प्रक्रियाबाट बजेट पास गर्न समय लाग्ने भएपछि सरकारको खर्च केही दिनका लागि रोकिन सक्ने उनले बताएका हुन् ।

सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयक ३० भदौसम्ममा संसदबाट पास नभए स्वतः निष्क्रिय हुने प्रावधान छ ।

तर, संभद बैठक भने २९ भदौमा बसेर ४ असोजमा मात्रै बस्ने गरी स्थगित भएको छ । संसदको बैठक स्थगित भएपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले संसदबाट नियमित प्रक्रियाबाट बजेट पास गर्ने नीति लिएको बताए ।

‘सरकारले ५÷७ दिन खर्च नगर्न पनि सक्छ,’ मन्त्री शर्माले भने, ‘कर उठाने विशेष व्यवस्था छ । पेश्की खर्च हुँदैन, संसद रहेको बेला अध्यादेश पनि आउँदैन । नियमित प्रक्रियाबाटै बजेट पास भएपछि खर्च हुन्छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *