प्रदेश सांसदले मागे मनाङेको सम्पत्ति विवरण

पोखरा । गण्डकी प्रदेशसभा बैठक २ महिनापछि मंगलबार बसेको छ । बैठकको सुरुमै मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नगरेको विषय उठेको छ । कास्कीका सांसद कृष्णबहादुर थापाले युवा तथा खेलकुद मन्त्रीको सम्पत्ति विवरण मागेका छन् ।

‘भ्रष्टाचार नियन्त्रण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग २०४८ अनुसार सम्पत्ति विवरण राजकीय पदमा जो कोहीले पनि दुई महिनाभित्र बुझाउनुपर्ने व्यवस्था छ,’ उनले भने, ‘हाम्रो गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रीज्यूले भदौ २७ गते मिडियामा भनेअनुसार नबुझाएको देखियो । उहाँले आफ्नो लगानी युवाहरूलाई गरेको र त्यो आउन बाँकी भन्नुभएको छ । वास्तविकता प्रदेशसभामा मन्त्रीज्युले जानकारी गराइदिनुहुन अनुरोध छ ।’

मन्त्री मनाङेले हालसम्म विवरण पेस गरेका छैनन् । उनी जेठ २९ गते तेस्रो पटक युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका थिए । गण्डकीका ११ मध्ये मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाको सम्पत्ति विवरण सार्वजनिक भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *