साहस ऊर्जा लिमिटेडको आईपीओ आउँदै

काठमाडौं । साहस ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नै भएको छ ।

कम्पनीले असोज ६ गतेदेखि सर्वसाधरणका लागि ७० लाख कित्ता साधारण सेयर आइपीओ निष्कासन गर्न लागेको जनाएको छ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आइपीओ निष्काशन तथा खुल्ला गरेको थियो ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ।

निष्काशन गरिने कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

कम्पनीको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । उक्त सेयरमा सर्वसाधारणले असोज ६ गतेदेखि असोज १० गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *