दशैँका लागि नयाँ नोट ४ असाेजबाट वितरण गरिने 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट वितरण गर्ने भएको छ । ४ असोजबाट केन्द्रीय कार्यालय बालुवाटार र प्रादेशिक कार्यालयहरुबाट सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने जनाएको छ ।

त्यस्तै, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट समेत सर्वसाधारणले नयाँ नोट साट्न पाउने छन् । एक व्यक्तिले बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट साट्न पाउने छन् ।

दशैँअघि प्रत्येक वर्ष राष्ट्र बैंकले सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने गरेको छ । गत वर्ष भने कोरोना महामारीका कारण नयाँ नोट विरतण हुन सकेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *