नेप्सेमा झिनो वृद्धि, सबा ९ अर्बको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार नेप्सेमा झिनो वृद्धि देखिएको छ ।

यस दिन ०.२७ अंकले परिसूचक बढेर २९४७.६९ बिन्दुमा पुगेको हो । कुल ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १ सय रुपैयाँमा २ सय २६ कम्पनीको १ करोड ५६ लाख ८१ हजार १ सय ८४ कित्ता सेयर खरिद बिक्री भएको छ ।

यस दिन अजोड लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै, मनकामना स्मार्ट लघुवित्त, सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, लगानी, जलविद्युत् र अन्य समूहको समूहगत सूचकहरु ओरालो लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *