गण्डकी : निःशुल्क सीप सिक्ने अवसर

पोखरा । गण्डकी प्रदेशको शिक्षा‚ संस्कृति‚ विज्ञान तथा सामाजिक विकास मन्त्रालयअन्तर्गतको व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले सीप विकाससम्बन्धी निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ ।

केन्द्रले निःशुल्क तालिम लिनका लागि दरखास्त आह्वान गरेको छ ।

सूचनामा निःशुल्क तालिमका लागि सूचना टाँस भएको १५ दिनभित्र आवेदन दिन अनुरोध गरिएको छ । सूचना भदौ २० गते टाँस गरिएको हो ।

तालिममा सिलाइ कटाइ, मोबाईल मर्मत, केस श्रृङ्गार, प्लम्बिङ, विद्युत् जडानजस्ता तालिमहरू निःशुल्क लिन सकिने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *