कोरोना बिमाको भुक्तानीबारे सरकार नै अन्योलमा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बिमाको दाबी भुक्तानी कहिले दिने भन्ने विषयको टुङ्गो लागी नसकेको बताएका छन् ।

बजेट अध्यादेश प्रतिस्थापन विधेयकका विषयमा विस्तृत जानकारी दिन अर्थमन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उठेको प्रश्नको जबाफ दिँदै उनले यस्तो बताएका हुन् ।

‘११ अर्बको दायित्व सिर्जना भएको रहेछ,’ मन्त्री शर्माले भने, ‘यो अस्तिको रिपोर्ट हो, दायित्व रकम बढ्दै छ । एक दुई अर्ब भए दिइहाल्ने थियौँ । यत्रौ पैसा सानो होइन । त्यसो हुँदा कसरी दिने कहिले दिने भन्ने विषयको उत्तर हामी पनि खोज्दैछौँ ।’

कोभिड-१९ को महामारी कालमा सरकारले ल्याएको उक्त बिमाबापत ३ अर्बभन्दा माथिको दाबी भुक्तानीको दायित्व सरकारको हुने व्यवस्था छ । यस व्यवस्थाका आधारमा हालसम्म सरकारको दायित्वमा ११ अर्ब रकम पुगिसकेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *