निर्यात प्रोत्साहनको नीति बनाउने सरकारको तयारी

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले देशको बढ्दो आयातलाई कम गर्न र निर्यातलाई प्रोत्साहन गर्ने गरी बजेटले विभिन्न नीतिगत कार्यक्रम अघि बढाएको बताएका छन् ।

अर्थमन्त्रालयमा आइतबार बजेट अध्यादेश प्रतिस्थापन विधेयकका विषयमा स्पष्ट पार्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

देशमा आयात बढ्दै गएको र यसले व्यापार घाटा चुलिएकाले आयातलाई कम गर्दै लैजानुपर्ने भएकोले सम्भव भएसम्मका वस्तु देशभित्रै उत्पादन गर्ने वातावरण बनाउने खोजेको बताएका छन् ।

गतवर्ष नेपालले लिएको निर्यातलाई १ खर्ब कटाउने लक्ष्य पूरा गरेको थियो । निर्यात अघि बढाउने सरकाले ध्यान बजेटमार्फत् नीतिगत व्यवस्था गरेको उनले बताए ।

आयातमा आधारित अर्थतन्त्रलाई उत्पादनमा आधारित अर्थतन्त्र बनाउनका लागि पनि सम्भव भएसम्म आयात गर्नु नपर्ने वस्तुलाई निरुत्साहित गर्ने र आन्तरिक उत्पादनमा जोड दिने नीति सरकारको रहेको अर्थसचिव मधुकुमार मरासिनीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *