बजेटपछि सेयर बजारमा ७१ अंकको उछाल

काठमाडौँ। साताको पहिलो दिन आइतबार सेयर बजार(नेप्से)मा उछाल आएको छ ।

यसदिन नेप्से परिसूचकमा ७१.४३ अंकले बढेर २९४७ विन्दुमा पुगेको छ । बजेट प्रतिस्थापन विधेयक आएपछि सेयर बजारमा सुधार अाएकाे देखिएकाे छ ।

यसदिन ९ अर्ब ४४ करोड रुपैयाँमा २३१ कम्पनीको सेयर खरिदबिक्री भएको छ । यस दिन ७ ओटा जलविद्युत् कम्पनी र अरु गरी १० कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।

यस दिन सामुहिक लगानी कोषबाहेका सम्पूर्ण समूहगत परिसूचक उकालो लागेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *