सुनको मूल्य प्रतितोला ४ सयले घट्यो

काठमाडौँ। सुनको मूल्य आइतबार प्रतितोला ४ सय रुपैयाँले घटेको छ । यस दिन सुन तोलाको ९० हजार ३ सय रुपैयाँले कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो साताको मूल्य निर्धारण हुने अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ९० हजार ७ सय रुपैयाँ थियो ।

चाँदीको मूल्यमा पनि प्रतितोला २० रुपैयाँले कमी आएको छ । यस दिन चाँदी तोलामो १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *