२१४ वर्ष पुरानो नासः मन्दिरको जिर्णेद्धार

काठमाडौँ । २ सय १४ वर्ष पुरानो नासः मन्दिरको उद्घाटन गरिएको छ । काठमाडौँ महानगरपालिका २१ को सवलबहालमा रहेको उक्त मन्दिरको जिर्णोद्धारपछि काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कला, संस्कृति र सम्पदाको संरक्षण र सम्वर्द्धनको अभियानमा योजना बनाएर लागेको दाबी गरे । ०७२ सालको भूकम्पमा भत्केका काष्ठमण्डप, मठ मन्दिर, चैत्य, बहाललगायतका सम्पदा पुनर्निर्माणको अभियानमा काठमाडौं महानगरपालिकाका लागेको उनको दाबी थियो ।

नासः मन्दिर जिर्णोद्धार कमिटीका अध्यक्ष लक्ष्मीनारायण पोडेले मन्दिर नेपाल सम्वत् ९२७ अर्थात् विसं १८६४ मा निर्माण भएको र जिर्ण भइ भत्किने अवस्थामा पुगेकाले काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको आर्थिक सहयोग र जिर्णोदर गरेको बताए ।

कमिटीले दिएको जानकारीअुनसार महानगरपालिकाले ४८ लाख सहयोग गरेको थियो ।

यसैबीच, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरवासीलाई व्यवस्थित, सभ्य र स्वास्थ्य मापदण्डको पालना गरेर जात्रा–पर्व मनाउन अपिल गरेका छन् ।

विभिन्न गुठीसँग सम्बन्धित व्यक्तिहरुलाई कोभिडविरुद्धको खोप लगाउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले जात्रा पर्व मनाउँदा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताएका हुन् । ‘इन्द्रजात्रा नेपालको राष्ट्रिय पर्व हो । यसको पहिचान अन्तरराष्ट्रिय स्तरमा पनि छ । इन्द्रजात्रालाई सभ्य र स्वास्थ्य मापदण्डको पालना गर्दै व्यवस्थित ढंगले बनाउन सबैलाई अपिल गर्दछु,’ शाक्यले भने, ‘इन्द्रजात्रा व्यवस्थापन समितिको आग्रहमा हामीले ३ सय जनालाई खोपको व्यवस्था गरेका छौँ । आवश्यक परे थपलाई पनि व्यवस्थापन गर्न तयार छौँ ।’

शाक्यले विस्तारै महानगरवासी सबैलाई खोपको व्यवस्थापन गर्ने भन्दै कसैले पनि खोप लगाउन नपाइने हो कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको दाबी गरे । ‘कोभिडपछि हामी जात्रा सार्वजनिक रुपमा मनाउन गइरहेका छौँ । जात्रालाई भव्य रुपमा मनाउनुपर्छ,’ शाक्यले भने ‘यस्तो अवस्थामा अग्रपङ्तिमा रहेर जात्रा चलाउँदै आएका गुठियारलाई सचेत भएर स्वास्थ्य मापदण्डको पालना गरी सचेत भएर मनाउन आग्रह गर्दछु ।’

कोभिडको त्रास अझै समाप्त भैनसकेकाले जात्रामा अग्रपङ्त्तिमा खट्नैपर्नेले मात्रै सहभागी भैदिनु राम्रो हुने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *