कांग्रेसको पोखरा समितिमा अधिकांश सर्वसम्मत, पदाधिकारीमा प्रतिस्पर्धा

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पोखरा महानगर समितिको चुनावमा सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ । पत्रकार, व्यवसायी र वडाध्यक्ष समेतले मनोनयन दर्ता गराए ।

लामो समय पत्रकारिता गरेर पूर्णकालीन राजनीतिमा लागेका गंगाधर पराजुली, अहिले पनि पत्रकारिता गरिरहेकी ज्योति हमाल, वडा नम्बर ११ का अध्यक्ष मोहन बास्तोला, ९ नम्बर वडाका अध्यक्ष रामराज लामिछाने, व्यापारी सुरेन्द्रमान बिजुक्छे र अर्का नेता मिलनप्रसाद तिवारीले मनोनयन दर्ता गराएका निर्वाचन अधिकृत आरसी विमल (रामचन्द्र पौडेल)ले जानकारी दिए ।

उनका अनुसार २ जना निर्वाचित हुने उपसभापतिमा पनि ६ जनाकै मनोनयन दर्ता भएको छ । कृष्णप्रसाद अधिकारी, निर्दोश विक्रम पौडेल, प्रयागराज भण्डारी, भवसागर बराल, शिव केसी र राजेन्द्र बरालले मनोनयन दर्ता गराएका हुन् । २ जना नै निर्वाचित हुने सचिवमा ३ जना, तथा दुई जना नै निर्वाचित हुने सहसचिवमा ७ जनाले दाबी गरेका छन् । सचिवमा गणेशबहादुर थापा, टुबराज बास्तोला, सुरेन्द्रबाबू तिवारीले नाम दर्ता गराए ।

सहसचिवमा नरेन्द्र बास्तोला, पुष्पराज सिग्देल, रवीन कायस्थ, लक्ष्मी बास्तोला, शिवमोहन अधिकारी, संजय आले र संघर्ष कोइरालाले दाबी पेस गरेका छन् । कार्यसमिति सदस्य पदमा अधिकांश निर्विरोध निर्वाचित भएका छन् । पोखरा निर्वाचनका लागि १ हजार ३ सय ७० मतदाता छन् । क्षेत्रीय प्रतिनिधि र वडा सभापतिले पालिकाको कार्यसमितिलाई मतदान गर्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *