गण्डकी विश्वविद्यालयको डीनमा अधिकारी

पोखरा । गण्डकी विश्वविद्यालयको डिनमा डा.कपिल अधिकारी नियुक्त भएका छन् । उपकुलपति प्राडा नवराज देवकोटाको संयोजकत्वमा गठित समितिले अधिकारीलाई डिनमा नियुक्त गरेको हो ।

नियुक्तिसँगै शुक्रबारै पद बहालीसमेत गरेको उपकुलपति देवकोटाले बताए । अधिकारीले अमेरिकाबाट भौतिक शास्त्रमा विद्यावारिधि गरेका छन् । गण्डकी विश्वविद्यालयले यसै वर्षदेखि स्नातक तहमा पढाई सुरु गर्न लागेको छ ।

स्पोर्टस् म्यानेजमेन्ट र सूचना प्रविधि विषयमा भर्ना सुरु भैसकेको छ । असोज १७ गतेदेखि पढाई सुरु हुनेछ । खेलकुद व्यवस्थापन विषय लेखनाथको भण्डारढिकस्थित नेपाल आदर्श माविमा पढाउने तयारी छ भने सूचना प्रविधि हुलाक कार्यालयको भवन महेन्द्रपुलमा पढाउन लागिएको हो ।

बि-फर्मा विषयको पोखरा ३२ स्थित ज्ञानकुञ्ज माविमा पढाइने कुलपति डा. गणेशमान गुरुङले जानकारी दिए । उनका अनुसार विश्वविद्यालयको नयाँ भवन पोखरा ३२ मा निर्माण गर्न थालिएको छ । छिटै चिकित्सा शास्त्रको अध्यापन पनि हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *