कामना सेवा बैंकद्वारा ट्राफिक बत्ती हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौँ महानगरपालिका ३० ज्ञानेश्वर चोकमा निर्माण गरेको ‘ट्राफिक बत्ती’ आज एक समारोहका बीच ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई र काठमाडौँ ३० का वडाध्यक्ष दलबहादुर कार्कीको समुपस्थितिमा उक्त ट्राफिक बत्ती हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत समाज र राष्ट्र निर्माणमा योगदान पुर्‍याउने महत्वपूर्ण अवसर प्रदान गरेकोमा धन्यवाद दिँदै आगामी दिनहरूमा समेत सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले ट्राफिक बत्ती अनुशासन र सभ्यता सिकाउने महत्वपूर्ण साधन भएकाले बैंकले जनसरोकारको यस क्षेत्रमा अमूल्य योगदान गरी निकै सह्रानीय कार्य गरेकोमा बैंक परिवारप्रति धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *