लिटमस केबलको ब्रान्ड एम्बेसडरमा राजेश हमाल र मधु भट्टराई

काठमाडौँ । लुम्बिनी विद्युत् उद्योगको उत्पादन लिटमस केबल ब्रान्डले कम्पनीको ब्रान्ड एम्बेसडरमा नायक राजेश हमाल र मोडल मधु भट्टराईलाई नियुक्त गरेको छ ।

कम्पनीले आफ्ना उत्पादनहरूको प्रवर्द्धन एवं विस्तारका लागि हमाल जोडीलाई नियुक्त गरेको जनाएको छ । २ वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रवर्द्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा महानायक एवं मधुको उपस्थिति हुने बताएको छ ।

लुम्बिनी विद्युत उद्योग नेपालको पहिलो आल्मुनियम कन्डक्टर स्टिल रेन फोर्स्ड कन्डक्टर निर्माण कम्पनी हो । कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको समेत जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *