नाराबाजीकै बीच संसद्‌मा बजेट अध्यादेश पेस

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच प्रतिनिधिसभा संसदमा आर्थिक अध्यादेश पेस भएको छ । सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले उक्त अध्यादेश संसदमा पेश गरेका हुन् ।

बजेट अध्यादेशअन्तरगत पर्ने ३ अध्यादेश मध्ये विनियोजन अध्यादेश  र राष्ट्र ऋण उठाउने सम्बन्धी अध्यादेश पनि शुक्रबार नै संसदमा पेश भएकाे छ ।

नेकपा एमाले भने सभामुख अग्नी सापकोटाको कार्यशैली कानुन संगत नभएको भन्दै रोष्टम घेरेर नारावाजी गरेका हुन् । बैठक १५ मिनेटपछि बस्ने गरी स्थगित भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *