तेह्रथुम पावरको आईपीओ बाँडफाँड, यसरी हेर्नूहोस रिजल्ट

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीले भदौ ९ देखि भदौ १३ गतेसम्म निष्कासन गरेको आईपीओको बाँडफाँड गरिएको हो ।

आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५५ हजार ७ सय ४७ जना आवेदकले २ करोड ९३ लाख ७८ हजार ४ सय कित्ताका लागि आवेदन दिएका थिए । आइपिओमा ७४ हजार ४ सय जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी २२ लाख ८१ हजार ४७ जनाको भने हात खाली भएको छ ।

कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

आईपीओको नतिजा  सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको https://iporesult.cdsc.com.np/ नामक वेभसाइटबाट हेर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *