लुम्बिनी विकास बैंक र रेमिट टू नेपालबीच विप्रेषण सेवा सम्झौता

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेड र रेमिट टू नेपाल प्रालिबीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकहरुले रेमिट टू नेपाल प्रालिको नेपाल अधिराज्यभरका सम्पूर्ण एजेन्सीहरु मार्फत भुक्तनी लिन सक्नेछन् । साथै स्वदेश तथा विदेशबाट रेमिट टू नेपाल मार्फंत पठाएको पैसा ग्राहकहरूले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्ने छन् ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र रेमिट टू नेपाल प्रालिको तर्फबाट महाप्रबन्धक सन्तोष भेटुवालले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *