ओरियन्टल होटलको साधारणसभा असोज १९ मा

काठमाडौँ । ओरियन्टल होटल्स लिमिटेडले २४ औँ वार्षिक साधारणसभा असोज १९ गते बोलाएको छ । काठमाडौँमा पाँच तारे र्याडिसन होटल सञ्चालन गरिरहेको कम्पनीले साधारण सभा भर्चुअल माध्यमबाट गर्ने भएको छ । कोरोना भाइरसका कारण यस वर्ष लाभांशको प्रस्ताव गर्न नसकेको होटलले बताएको छ ।

होटलको सभाले आर्थिक वर्ष २०७७ ७८ को सञ्चालक समितिको २४ औँ वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारिने गर्नेछ । त्यस्तै लेखापरीक्षण प्रतिवेदनमाथि समेत छलफल गरी पारित गर्ने छ ।

आर्थिक वर्ष २०७ ७९ को लागि हालकै लेखापरीक्षकलाई पुनः नियुक्ति गर्ने प्रस्ताव पनि साधारणसभामा लाने छ ।

होटलले संस्थापक शेयरधनीहरु समूह ‘क’ बाट ४ जना, साधारण शेयरधनीहरु समूह ‘ख’ बाट दुई जना सञ्चालक निर्वाचन गर्ने र एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने कार्ययोजना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *