नेप्सेमा झिनो गिरावट, कारोबार रकम ७ अर्बमा सीमित

काठमाडौँ । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा झिनो गिरावट देखिएको छ । यस दिन बजार ०.६२ अंकले घटेर परिसूचक २८७५.७९ बिन्दुमा ओर्लिएको छ । त्यस्तै, सेन्सेटिभ परिसूचक समेत १.५३ अंकले घटेर ५३५.२९ बिन्दुमा ओर्लिएको छ ।

यस दिन कुल २ सय ३० कम्पनीका १ करोड ४४ लाख ७४ हजार ८ सय ५५ कित्ता सेयर ७ अर्ब ५ करोड ७ लाख ७० हजार रुपैयाँमा कारोबार भयो । यस दिन जलविद्युत् र व्यापार समूहको परिसूचक बाहेक बाँकी सबै समूहका परिसूचक घटेका छन् ।

यस दिन हिमालय पावर पार्टनर लिमटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *