भिभोे भी २१ सिरिजका उत्कृष्ट क्यामेरा फोन बजारमा

काठमाडौं । स्मार्ट फोन कम्पनी भिभोले भी २१ सिरिजका उत्कृष्ठ क्यामेरा फोनहरु नेपाली बजारमा ल्याएको जनाएको छ ।

स्मार्टफोनप्रति बढ्दै गएको निर्भरतालाई ध्यानमा राखेर कम्पनीले मानव जीवनका दैनिक परिदृष्यलाई विभिन्न समय र मौसममा पनि स्पष्टसँग खिच्ने क्षमतासहतिका क्यामेरा फोनहरु ब्जारमा ल्याएको जनाएको छ ।

भी २१ सिरिजका फोनहरुमा उत्कृष्ट क्षमताको फ्रन्ट तथा रियर क्यामेरा जडान भएको र तीनले दिनको उज्यालो प्रकाश भएको बेलादेखि रातको अँध्यारोमा समेत स्पष्टसँग सेल्फी र फोटो खिच्न सकिने कम्पनीले जनाएको छ । ४४ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेकोले यसले उत्कृष्ट सेल्फी खिच्न सहयोग हुने कम्पीले जनाएको छ ।

नेपाली बजारका उपभोक्ता र युवाहरुको मागलाई ध्यानमा राखेर भी २१ सिरिजका मोबाइलहरुमा क्यामेरा, ब्याट्री, प्रोसेर, डिजाइनलगायत सबै किसामा विषेश सुधार ल्याएको कम्पनीले जनएको छ । यो मोबाइल फोनले युवालाई आधुनिक जीवन यापनका लागि धेरै नै सहयोग गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *