करिब ३ लाख नगदसहित ६ जुवाडे पक्राउ

पोखरा । पोखराबाट ६ जुवाडे पक्राउ परेका छन् । पोखरा ९ पृथ्वीचोकस्थित स्याङजा बुटवल खाजा घरभित्र जुवा खेलिरहेका ६ जनालाई नगदसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मोरङ ७ घर भई पोखरा ९ नागढुंगा बस्ने ४३ वर्षीय तिलक बिक, पर्वत मोदी गाउँपालिकाका ५४ वर्षीय यामबहादुर लामिछाने, स्याङ्जा बिरुवा ३ का ४६ वर्षीय चुन बहादुर थापा र २६ वर्षीय विनोद बिक, पर्वत भोर्ले ४ घर भई पोखरा ९ नयाँबजार बस्ने ४८ वर्षीय जीतबहादुर गुरुङ तथा पोखरा ६ लेकसाइड जरेबर बस्ने वसन्त श्रेष्ठ छन् ।

उनीहरुको साथबाट नगद २ लाख ८६ हजार बरामद गरिएको छ । पोखरामा दैनिकजसो जुवातास खेल्नेहरु पक्राउ परिरहेका कास्की प्रहरी प्रबक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *