पोखराका पर्यटन व्यवसायी भित्र्याउन राजनीतिक दलको होडबाजी

पोखरा । अघिल्लो साता पुराना पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईसहित १२ जना नेपाली कांग्रेसमा प्रवेश गरे । भट्टराई तत्कालीन पोखरा उपमहानगरपालिकाका पूर्वउपमेयर पनि हुन् ।

उनीसँगै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, केही ईन्जिनियर र पर्यटन व्यवसायीलाई कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सदस्यता दिए । तर‚ केही नवप्रवेशी भनिएकाहरू पनि पुराना कांग्रेस नै थिए ।

कांग्रेसलाई काउन्टर दिन नेकपा एमालेले पनि आफ्नै कार्यकर्तालाई पुनः पार्टी प्रवेश गराएको छ । केही नयाँ भएपनि अधिकांश नवप्रवेशीहरू एमाले निकट नै रहेको बताइएको छ ।

मंगलबार पर्यटन व्यवसायी योगेश भट्टराईसहित १ सयभन्दा बढीलाई एमाले प्रवेश गराएको एमालेको दाबी छ । भट्टराई एसियन गेममा प्याराग्लाईडिङतर्फ पदक दिलाएका प्रशिक्षक हुन् ।

पुराना पर्यटन व्यवसायी नरेश भट्टराईको संयोजनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पोखरामै एक कार्यक्रमका बीच उनीहरूलाई पार्टी प्रवेश गराए । व्यवसायीहरू राजेन्द्र तिवारी, रामबहादुर ढकाल, दुर्गा ढकालसहित एमाले प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *