नेप्सेमा पहिरो, ६० अंकले घट्दा जम्मा साढे ६ अर्बको कारोबार

काठमाडौँ । साताको चौथो कारोबारको दिन बुधवार सेयर बजार परिसूचक (नेप्से) ६०.०२ अंकले घटेको छ ।

बुधबार कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक २.०४ प्रतिशतले घटेर २८७६.५९ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने ११.९१ अंकले घटेर ५३६.५१बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै उपसमूहको सूचक घटेका छन् ।

त्यस्तै, २ सय २५ कम्पनीका १ करोड ६१ लाख ४८ हजार ६ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४ सय २७ रुपैयाँको खरिद बिक्री भएको छ ।

यस दिन सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *