पोखरामा डिशहोम फाइबर नेटको औपचारिक शुरुवात

पोखरा । डिश मिडिया नेटवर्क लिमिटेड  डिशहोमले पोखरामा डिशहोम फाईबर नेटको औपचारिक सुरुवात गरेको छ ।

नयाँबजारस्थित भट्टराई एन्ड ब्रदर्स सप्लायर्स प्रालिमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष्य नारायण कोइरालाले उद्घाटन गरेका हुन् ।

हरेक ग्राहकहरूलाई सस्तो‚ सर्वसुलभ र गुणस्तरीय ईन्टरनेट सेवासहित सञ्चालनमा आएको हो । १० एमबीपीएसदेखि ग्राहकको रोजाइअनुसार १०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको डिशहोमले जनाएको छ ।

शहरी एरियामा सुरु गरेको डिशहोम फाईबर नेटले आफ्नो सेवालाई ग्रामीण क्षेत्रका ग्राहकलाई पनि छिट्टै उपलब्ध गराउने कुरा डिशहोमका एरिया सेल्स मेनेजर प्रदिप सुवेदीले जानकारी दिए ।

डिशहोम फाईबर नेटसँगै अन्य सेवा पनि छिट्टै सुरु हुने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *