ग्राहकलाई निःशुल्क भौचर प्रदान गर्न दराजले ल्यायो ‘जेम्स’

काठमाडौँ । ईकमर्स प्ल्याटफर्म दराजले ‘दराज जेम्स’ सार्वजनिक गरेको छ । ग्राहकलाई हरेक दिन दराज एपमार्फत भौचर जित्ने अवसरसहित कम्पनीले यसको सुरुवात गरेको हो ।

दराज एप निरन्तर रुपमा चलाइरहेका ग्राहकका लागि इनाम उपलब्ध गराउने उद्देश्यका साथ जेम्स सुरुवात गरिएको हो ।

ग्राहकले जेम्स कलेक्ट गरी भौचरका लागि रिडिम गर्न सक्नेछन् । त्यो भौचर सामान खरिद गर्दा छुट पाउन प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकले तीन फरक तरिकाबाट जेम्स कमाउन सक्नेछन् । जसमा पहिलो, दराज एपमा हरेक दिन लगइन गरी जेम्स कलेक्ट हुनेछ । त्यस्तै दराजबाट सामान खरिद गरी वा एड टु कार्ट, फलो द स्टोर जस्ता डेली मिसन पुरा गरेर दराज जेम्स प्राप्त गर्न सकिनेछ ।

यो सुविधा दुवै एन्ड्रोइड र आईओएस प्ल्याटफर्ममा उपलब्ध छ । नयाँ सुविधा प्राप्त गर्न ग्राहकले आफ्नो दराज एप अपडेट गर्नुपर्ने दराजले जनाएको छ ।

यसको प्रयोग गर्न हरेक दिन दराज एपमार्फत दराज जेम्सको होम पेजमा गएर ग्राहकले जेम्स कलेक्ट र आफूसँग भएको जेम्सको मात्रा हेर्न पाउनुका साथै ती जेम्सलाई भौचरका लागि रिडिम पनि गर्न पाउने कम्पनीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *