धागो उद्योगले प्राधिकरणले देखाएको बक्यौता विद्युत महसुल नतिर्ने

काठमाडौं। नेपाल धागो उत्पादक संघले नेपाल विद्युत् प्राधिकरणले देखाएको बक्यौता महसुल नतिर्ने अडान लिएको छ । संघले पत्रकार सम्मलेन गर्दै यस्तो अडान सार्वजनिक गरेको हो । धागो उद्योगहरुले प्राधिकरणलाई बुझाउन कुनै पनि महसुल बक्यौता नरहेको संघको दाबी छ ।

हाल देशमा रिलायन्स स्पिनिङ मिल्स, त्रिवेणी स्पिनिङ मिल्स, जगदम्मा स्पिनिङ मिल्स र जय स्पिनिङ मिल्स गरी ४ धागो मिल सञ्चालनमा रहेको संघले जानकारी गराएको छ ।

प्राधिकरणले लोडसेडिङका बेला डेडिकेटेड फिडरबाट धागो उद्योगहरुमा विद्युत् आपूर्ति भएको भन्दै डेडिकेटेडका लागि लाग्ने थप महशुल बक्यौता रहेको दाबी गर्दै धागो मिलहरुलाई बक्यौता तिर्न दबाब दिएपछि संघले यस्तो जनाएको हो ।

प्राधिकरणको मिति २०७२ माघ १० गतेको सुचना अनुसार दिन २४ सै घण्टा विद्यत उद्योगहरुले नलिएको दाबी संघको छ। सामान्य नागरिक सरह नै धागो उद्योगहरुले विद्युत उपभोग गरेको बताएको छ। चर्को लोडसेडिङको समयमा डिजलबाट महँगो मूल्यमा विद्युत उत्पादन गरी प्रयोग गरेको उद्योगीहरुले बताएका छन्।

उद्योगहरुमा १५ अर्ब बढी लगानी भएको छ। जसबाट वार्षिक ४५ हजारदेखि ५० हजार टन धागो उत्पादन भैरहेको छ। कुल क्षमता भने ७० हजार टन छ। जसबाट प्रत्यक्ष रुपमा ८ हजार ५ सय रोजगारी सिर्जना भएको तथ्यांक संघले उपलब्ध गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *