तेह्रथुम पावरको आईपीओ शुक्रबार बाँडफाँट हुँदै

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ यसै साता बाँडफाँट गरिने भएको छ । कम्पनीको आईपीओको प्रिअलटमेन्टको काम सकिएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार प्री–अलोटमेन्ट काम सकिएको र बोर्डको अनुमतिपछि आईपीओको बाँडफाँड शुक्रबार गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले भदौ ९ गतेदेखि भदौ १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ अर्थात् १६ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा २३ लाख ९६ हजार ३ सय ४८ जना आवेदकले ३ करोड १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएका छन् । यो माग गरिएकोभन्दा ४१.७९ गुणा बढि आवेदन परेको हो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गरिने छ । जसमा ७४ हजार ४ सय जनाले मात्रै आईपीओ पाउनेछन् । आवेदन दिएका कूल आवेदकमध्ये २३ लाख ३१ हजारभन्दा बढीको हात रित्तो हुने भएकाेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *