विराटनगर इन्टरनेसनल कलेज र नेपालीरिका होटेलबीच सम्झौता

बिराटनगर । बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयको सहकार्यमा संचालित विराटनगर इन्टरनेसनल कलेजले नयाँ कोर्स ल्याएको छ ।

कलेजले यस वर्षबाट ३ वर्षे बिए अनर्स इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट संचालन गर्ने भएको हो ।

बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयको सहकार्यका साथै नेपाल सरकार शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको समकक्षतासहित उक्त कोर्स संचालन हुन लागेको कलेजका अपरेशन प्रमुख विवेक दाहालले जानकारी दिए ।

इनोभेट नेपाल ग्रुपको स्वामित्व र व्यस्थापनमा संचालित उक्त कलेजले नयाँ कोर्सका लागि विराटचोक र झापाको दमकस्थित पिएलो ग्रुपद्वारा संचालित नेपालीरिका होटेलसँग कलेजले विद्यार्थीलाई तालिम तथा रोजगारीको लागि सम्झौता गरेको छ ।

विराटनगर इन्टरनेसनल कलेजका तर्फबाट प्रमुख कार्यकारी डा.ऋषिकेश वाग्ले र होटेलको तर्फबाट निर्देशक आकाश दुलालले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *