नेप्सेमा तीव्र उतार–चढाव, ४४ अकंले बजार घट्दा काराेबार साढे ७ अर्ब मात्रै

काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मगंलबार सेयर बजार परिसूचक (नेप्से) ४४.१८ अंकले घटेको छ । सोमबार १६१ अकंले बढेको बजार मंगलबार फेरि ठूलै अंकले घटेकाे छ । साताकाे पहिलाे काराेबार दिन आइतबार १०८ अंकले घटेकाे बजार साेमबार ठूलाे अंकले बढेपछि लगानीकर्ता आशावादी बनेका थिए । यद्पी, मंगलबार पुनः परिसूचक उकालाे लागेकाे हाे ।

मंगलबार कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक १.४८ प्रतिशतले घटेर २९३६.६० बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने ५.०५ अंकले घटेर ५४८.५५ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ वटा उपसमूहको सूचक बढेका छन् भने बाँकी सबै घटेका छन् ।

त्यस्तै, २ सय २२ कम्पनीका १ करोड ५० लाख ८२ हजार ८१ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १ सय ६१ रुपैयाँको खरिद बिक्री भएको छ ।

यस दिन सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

साताकाे पहिलाे दिनदेखि नै नेप्सेमा तीव्र उतार चढाव देखिएकाे छ । सेयर धिताेमा दिइने कर्जा (मार्जिन लेन्डिङ)मा राष्ट्र बैंकले गरेकाे कडाइका कारण आइतबार ठूलाे अंकमा बजारमा गिरावट आएकाे भन्दै लगानीकर्ताले राष्ट्र बैंकप्रति चर्काे असन्तुष्टी जनाएका थिए । तर, साेमबार काराेबार सुरू हुनुअघि अर्थमन्त्रीले गभर्नरलाइ फाेन गरेर पूँजी बजारमा देखिएकाे समस्या समाधान गर्न निर्देशन दिएकाे खबर बाहिरिएपछि बजारमा वृद्धिकाे ठूलाे उछाल देखिएकाे थियाे ।

यद्पी लगानीकर्ताले विराेध गर्दैमा सेयरधिताे कर्जाकाे सीमा परिवर्तन नहुने घुमाउराे स्पटिकरण राष्ट्र बैंकबाट जारी भएपछि मंगलबारकाे बजारमा भने गिरावट आएकाे देखिएकाे छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *