युनिलिभरले ६५० प्रतिशत लाभांश दिने

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आफ्ना सेयरधनीलाई ६५० प्रतिशतका दरले लाभाशं वितरण गर्ने भएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश दिने घोषणा गरेको हो । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले लाभांश पारित गरेको हो ।

उक्त निर्णय अनुसार युनिलिभर नेपालको १ कित्ता सेयर हुने सेयरधनीले ६ सय ५० रुपैयाँका दरले नगद लाभांश प्राप्त गर्ने छन् ।

आगामी साधारणसभाले उक्त लाभांश पारित गर्नुपर्ने छ ।

लाभांश वितरणका लागि कम्पनीले असोज २५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । यो असोज २४ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश प्राप्त गर्ने छन् ।

साधारणसभा भएको ४५ दिनभित्र लाभांश वितरण गरिसक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *