गभर्नरलाई अर्थमन्त्रीको फोनपछि नेप्सेमा उछाल, १६१ अंकले बढ्यो बजार

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमवार सेयर बजार परिसूचक (नेप्से)ले वृद्धिकाे नयाँ रेकर्ड बनाएकाे छ । यस दिन परिसूचक  १६१. ९४ अंकले बढेको छ । यो हालसम्मकै उच्च वृद्धि हाे ।

आइतबार १०८.२६ अंक (३.७ प्रतिशत)ले बजार घटेर २८१८.७२ बिन्दुमा पुगेकाे थियो ।

यस दिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ५.७४ प्रतिशतले बढेर २९८०.७८ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने ३१.४१ अंकले बढेर ५५३ .४० बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै उपसमूहको सूचक बढेका छन् ।

त्यस्तै, २ सय २४ कम्पनीका १ करोड ७९ लाख २२ हजार ५ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८ सय ७ रुपैयाँको खरिद बिक्री भएको छ ।

यसदिन ५० कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी मध्ये ४२ कम्पनीकाे सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेकाे छ भने बाँकी कम्पनीकाे मूल्य झण्डै १० प्रतिशतले बढेकाे छ ।

अाइतबार १०८ अंकले घटेकाे बजार साेमबार चामत्कारी रूपमा बढेकाे छ ।

खास गरी पूँजी बजार सुधारका लागि पहल लिन अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाइ टेलिफाेन गरेकाे समाचार अर्थमन्त्रीकै सचिवालयबाट सार्वजनिक भएपछि साेमबार काराेबारकाे सुरू देखि नै बजार उकालाे लागेकाे थियाे । त्यस्तै राष्ट्र बैंकले समेत साेमबार बिहान सेयर धिताे कर्जाकाे व्यवस्था पालना गर्ने समयलगायतका विषयमा प्रस्ट पारेकाे थियाे । यी घटनाले बजार सुरूबाटै उकालाे यात्रामा देखियाे ।

सम्हालिँदै उकालाे लागेकाेले सर्किट ब्रेककाे नियमबाट बच्दै नेप्सेकाे काराेबार राेकिन पाएन । त्यसाे हुँदा साेमबार परिसूचक ५.७४ अंकले बढ्दा पनि सर्किट ब्रेक भने लाग्न पाएन । यद्पी अाइतबार काराेबार सुरू भएकाे दुइ घण्टा नपुग्दै परिसूचक ५.०३ प्रतिशतले घट्दा सर्किट ब्रेक लागेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *