जलवायु परिवर्तनको असर सामना गर्न कठिन हुँदैछ : ऊर्जा मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाई हुँदै गएको बताएका छन् । औद्योगिक मूलुकको गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन हुँदा जलवायु परिवर्तन भएको भन्दै उनले नेपालजस्ता मुलुकमा जलवायु परिवर्तनको नराम्रो प्रभाव पारेको बताए ।

निजामति कर्मचारी दिवसको सन्दर्भमा ललितपुर महानगर पालिका–२ स्थित इन्द्रायणी पार्कमा आज वृक्षारोपण गरेपछि मन्त्री भुसालले भनिन्– ‘विकसित मुलुकका क्रियाकलापको परिणामले जलवायु परिवर्तनको असर सहनु परेको छ, नखाएको विष लाग्ने अवस्था छ ।’

औद्योगिक र आणविक विकासका कारण जलवायु परिवर्तन भर्इ अप्रत्यासित विपद्को सामना गर्नुपरेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, ‘देशका विभिन्न भागमा भूक्षयको मार खेप्नु परेको छ, जसका कारण हाम्रो दैनिक जीवन प्रभावित भएको छ ।’

सिन्धुपाल्चोकको हेलम्बुमा गएको भूक्षयका कारण ठूलो जलधनको क्षति हुनाका साथै मेलम्ची खानेपानी आयोजना प्रभावित हुँदा उपत्यकाबासीका घरका धारामा आएको पानीसमेत रोकिएको बताइन् । मन्त्री भुसालले भनिन्, ‘भूक्षयपछि आएको बाढी र त्यसले पु¥याएको क्षतिका कारण मानवीय एवं भौतिक क्षेत्री व्यहोर्नु परेको छ । मनाङ, रोल्पा, बागलुङलगायत क्षेत्रमा ठूलो असर पुर्याएको छ ।’

आफूले मतदान गर्ने महानगरको वडा नं २ मा वृक्षारोपण गर्न पाउँदा खुशी लागेको बताउँदै उनले वडालाई भौतिक तथा सुरक्षाका दृष्टिकोणले सम्पन्न बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने वडा अध्यक्ष राजेशकुमार महर्जनसहित सबैलाई धन्यवाद व्यक्त गरे । उनले वृक्षारोपण गरिएका विरुवाको राम्रो संरक्षण हुने विश्वास दिलाउँदै खाली स्थानमा वृक्षारोपण गरी आफ्ना वस्तीलाई वातावरणमैत्री बनाउन आग्रहसमेत गरे ।

सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले वृक्षारोपण गरिएका वृक्षको उचित संरक्षण हुने विश्वास व्यक्त गर्दै वातारणमैत्री संरचनाको विकास गर्नुपर्नेमा जोड दिए । त्यसैगरी सिँचाइ तथा जलस्रोत सचिव सागरकुमार राईले खुला स्थानमा वृक्षारोपण गरेर वातावरणमैत्री एवं सभ्यताको सन्देश प्रवाह गर्नुपर्ने बताए । वडा अध्यक्ष राजेशकुमार महर्जनले वडा परिसरमा रोपिएका वृक्षहरूको संरक्षणमा गर्ने विश्वास दिलाए । त्यस अवसरमा इन्द्रायणी पार्कमा चार दर्शनबढी विभिन्न जाताका वृक्ष रोपिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *