पर्यटन क्षेत्र सुधारको माग राख्दै पर्यटन बोर्ड घेराउ (तस्बिरहरू)

काठमाडौँ । नेपाल स्वतन्त्र पर्यटन मजदुर संघले पर्यटन क्षेत्र सुधार गरी सुचारु गर्ने लगायतका विभिन्न माग राखी भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको कार्यालय घेराउ गरेको छ ।

कोभिड-१९ विरुद्धको खोप लगाएका र पीसीआर नेगेटिभ भएका पर्यटकलाई क्वारेन्टाइनमा नराखी सिधै पदयात्रामा जान अनुमती दिने, ‘टीआईएमएस’लगायतका अनुमतिपत्रहरू एकद्वार प्रणालीबाट लागू गराउनुपर्ने, कोरोनाविरुद्धको खोप लगाउन बाँकी पर्यटन मजदुरलाई तुरुन्तै खोपको व्यवस्था हुनुपर्ने, कोभिडका कारण रोजगार नपाएका मजदुरलाई व्यवसाय संचालन गर्न सहुलियत ऋणको व्यवस्था हुनुपर्नेजस्ता माग संघले राखेको छ ।

यी सबै मागसहितको ज्ञापनपत्र बोर्डलाई बुझाउँदा पनि केही कारबाही नभएपछि धर्ना कार्यक्रम गर्न बाध्य भएको संघको भनाइ छ ।

धर्ना कार्यक्रमपछि पनि बोर्डले आफ्ना मागहरूको वास्ता नगरे योभन्दा कडा आन्दोलन गर्ने संघको योजना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *