नेप्से कारोबारको दोस्रो घण्टामै ८३ अकंले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर काराेबार सुरू भएकाे दुई घण्टामै सेयर बजार (नेप्से परिसूचक) ८३.०३ अकंले उकालो लागेको छ ।

साताकाे पहिलाे दिन आइतबार बजार जसरी घटेकाे थियाे त्यसरी नै साेमबार उकालाे लागेकाे छ । आइतबार पहिलाे दुइ घण्टामै बजार १४७ अंक(५.०३) प्रतिशतले बढेपछि सर्किट ब्रेक लागेर ४० मिनेटसम्म काराेबार राेकिएकाे थियाे ।

आइतबार समग्र परिसूचक १०८ अकंले घटेको थियाे । सेयर बजार साेमबार भने बजार खुलेको १५ मिनेट मै ४५ अकंले बढ्दै उकालाे लागेकाे हाे ।

साेमबार नेप्से दुई घण्टाको अवधिमा २.९५ अकंले बढेर २९०१४.८८ बिन्दुमा पुगेको छ ।

सो अबधीमा कारोबारमा आएका २ सय १६ कम्पनी मध्ये ७१ लाख ९९ हजार ९ सय ४२ कित्ता खरिदबिक्रि हुदाँ ३ अर्ब ८९ करोड १९ लाख ५ हजार २ सय २ रुपैयाँको कारोबार भएको छ ।

स्टकका अनुसार कारोबारमा आएका १३ उपसमूहमध्ये सबै उपसमूहको सेयर बढेको छ ।

खास गरी सेयर धिताे कर्जामा राष्ट्र बैंकलार्इ अर्थमन्त्री जनार्दन शर्माले लचिलाे हुन टेलिफाेन गरी निर्देशन दिएकाे समाचार अर्थमन्त्रालयले नै सार्वजनिक गरेपछि साेमबार सेयर बजारले यु टर्न लिएर पूरै हरियाली देखिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *