परिसंघमा शिक्षा परिषद् गठन

काठमाडौँ । नेपाल उद्योग परिसंघले ‘परिसंघ शिक्षा परिषद्’ गठन गरेको छ । परिसंघका राष्ट्रिय परिषद् सदस्य द्विराज शर्माको संयोजकत्वमा परिषद गठन भएको परिसंघले जनाएको छ ।

परिषद गठन कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले नेपालको शिक्षा क्षेत्रलाई थप व्यवस्थित गर्दै शिक्षा र उद्योगबीचको अन्तरलाई कम गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघले शिक्षा परिषद् गठन गरेको बताए ।

परिषदका संयोजक शर्माले समग्र शिक्षा प्रणालीको विकासका लागि योगदान गर्न परिषद् सक्षम रहेको बताए ।

परिषद्का सदस्यहरूमा डा. सतिश शर्मा, दिपककुमार खड्का, डा. हरिशंकर श्याम, रिटल राणा, मिथिलेश कुमार झा, साइमोन दाहाल, अनघा निल्कंतन, खेम लकाइ, सन्तोष प्याकुरेल र सुजेन देबोर्हा बुल रहेको परिसंघले जनाएको छ ।

परिषद्ले विद्यार्थीमैत्री शिक्षा नीति बनाउने र विद्यमान शिक्षा नीतिमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्य लिएको परिसंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *