टेलिटक प्रालिलाई आधिकारिक केयर सेन्टर नियुक्त गरिँदै

काठमाडौँ । टेलिटक प्राइभेट लिमिटेड, नेपालमा नोकिया फोनको आधिकारिक वितरकले, ताम्राकार कम्प्लेक्स, न्यूरोड, काठमाडौँमा नोकिया फोन केयर सेन्टर सुचारु गरेको छ ।

नोकिया उत्पादनहरुको बढ्दो मागले कम्पनीलाई वान–स्टप टेक्निकल सपोर्ट प्रदान गरी यो केयर सेन्टर खोलेको जनाएको छ । अब ग्राहकले आफ्नो स्मार्टफोन मर्मतको सेवा सेवा केन्द्रबाट सजिलै लिन सक्ने कम्पनीले जनाएको छ ।

टेलिटक प्रालिका निर्देशक प्रतीक जलानले भने– ‘केयर सेन्टरले नोकिया स्मार्ट फोनको मर्मत सम्बन्धी सबै सेवाहरु प्रदान गर्ने छ । सेवा केन्द्र राम्रो प्रशिक्षित व्यवसायिक प्राविधिकहरुले भरिपूर्ण छ जसले एक्सेप्सनल ग्राहक सेवाका साथ जेनुइन स्पेयर पार्ट्सको उपलब्धतामा आश्वासन प्रदान गर्दछ ।’

नोकियाले टेलिटकलाई नोकियाको आधिकारिक केयर सेन्टर नियुक्त गर्ने टेलिटकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *