नबिल बैंकले कर्मचारीका लागि ल्यायाे ‘नबिल डिजी वर्कस्पेस’

काठमाडौँ । नबिल बैंकले बैंकले कर्मचारी दक्षता अभिवृद्धि गर्न ‘नबिल डिजी वर्कस्पेस’ ल्याएको छ । यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने बैंकले जाएको छ ।

बैंकका अनुसार सम्पूर्ण कर्मचारीले आफूले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्ने छन् र विद्युतिय प्रणालिबाट उक्त कामको प्रक्रिया अगाडि बढ्नेछ ।

नबिल डिजी वर्कस्पेसको उद्घाटन गर्दै बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले कागजविहीन काम गर्ने वातावरण अबको आवश्यकता भएको बताए । सोही कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नबिल डिजी वर्कस्पेसमा आएको काम स्वीकृत गरे ।

बैंक अनुसार नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरुले आफूले दैनिक गर्नु पर्ने काम कहाँ छन्, कोसँग छन् तिनको जानकारी सहजै एक क्लिकबाट भेट्नेछन् । यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुने बैंकले जनाएकाे छ ।

अबका दिनमा फाइल स्विकृत गर्ने कर्मचारीहरुले सिस्टम अलर्ट पाउनेछन् र त्यहाँ अपलोड गरिएका फाइलहरु हेरेर ग्राहकका कामहरु स्विकृत गर्न सक्नेछन । यसले कागजी प्रक्रिया बिना तिव्र रुपमा अनिर्णित कामहरु सम्पादन गर्न सहयोग पुग्नेछ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *