माछापुच्छ्रे बैंकको थप ७ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

 

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ७ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले गोरखाको पालुङ्गटार नगरपालिका–६, काठमाडौँको कीर्तिपुर नगरपालिका मैत्रिनगर, नुवाकोटको लिखु गाउँपालिका २ थानसिंह, चितवनको रत्ननगर नगरपालिका–५, जुवाली, चितवन जिल्लाकै रत्ननगर नगरपालिका १६ खैरेटी, कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–३, खरेन्द्रपुर, सिराहा जिल्लाको सुखिपुर नगरपालीका–२ मा गरी ७ स्थानमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैंकिङ सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

देशका विभिन्न स्थानमा ७ शाखारहित बैंकिङ सेवा थप भएसँगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखारहित बैंकिङ सेवा १७२ पुगेको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उतm शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूतmानीका साथै कर्जा आवेदन समेत दिन जनाएको छ ।

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १६२ वटा शाखाहरु लगायत १७२ शाखा रहित बैकिङ सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३९ स्थानवाट १० लाख भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । बैंकको देशभर २०३ वटा एटीएमहरु सञ्चालनमा छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *