सुजुकीको दशैं अफर : १० हजारसम्म क्यासब्याक र बाइक उपहार

काठमाडौँ । सुजुकी मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता भिजि अटोमोबाइल्सले दशैं, तिहार र छठजस्ता चाडपर्व लक्षीत उपहार योजना ल्याएको छ । ‘दशैं आयो उमंग छायो क्यासब्याकको साथै बम्पर पायो’ नारासहित कम्पनीले उपहार योजा ल्याएको हो ।

यस उपहार योजना अन्तर्गत कुनै पनि सुजुकी ब्राण्डका मोटरसाईकल तथा स्कुटर खरिदमा १० हजार पक्का पाइने क्यासब्याक योजना ल्याएको छ । त्यस्तै, हरेक दुई हप्तामा बम्पर पुरस्कारका रुपमा वितेताले सुजुकी इन्ट्रुडर बाइक पाइने पाउने कम्पनीले जनाएको छ ।
उक्त पुरस्कारका साथै कम्पनीले एक वर्षको सडक कर, कर्जा तथा एक्सचेन्जको सुविधा समेत उपलब्ध गराउने जनाएको छ ।

दुई हप्तामा फेसबुक लाइभबाट बम्पर पुरस्कारको रुपमा इन्ट्रुडर बाइक विजेताको घोषणा गरिने जनाएको छ । उक्त बाइक असाध्यै उपयुक्त र चलाउन आरामदायी रहेको छ ।

विश्व प्रसिद्ध जापानिज ब्राण्डको सुजुकीले उत्पादन गर्दै आइरहेका ब्राण्ड उत्कृष्ट र नेपाली बजार सुहाँउदो रहेको र बीएस ६ भेरियन्टका उत्पादन पनि गर्दै आइरहेको सुजुकी ब्राण्डमा ग्राहकहरुको विश्वास बढ्दै गइरहेको अवस्थामा यो योजनाले ग्राहकलाई थप लाभ दिने कम्पनीका जनरल म्यानेजर धिरज भट्टराई बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *