एभरेष्ट बैंकद्वारा घरमै बसी तीज मनाउन आग्रह

काठमाडाैँ । नेपाली नारीहरुको लोकप्रिय चाड तीजलाई मध्यानजर गर्दै एभरेष्ट बैंक लिमिटेडले भावनात्मक साथै जनचेतना मूलक विज्ञापन निकालेको छ ।

चाडबाड आए लगत्तै भेट्घाट, खानपिन गरेर रमाइलो गर्ने चलन चल्दै आएको भए तापनि अहिल्यैको परिस्थितिमा यसरी सबैजना भेटघाट गरेर चाडबाड मनाउनु अत्यन्तै जोखिम्पूर्ण रहेको, त्यसैले अहिलेको परिस्थितिलाई मध्यानजर गर्दै, यस बिज्ञापन मार्फत एभरेष्ट बैंकले सबै जनालाई यसपालीको तीज घरमै बसी सुरक्षित रुपमा आफ्नो परिवारसँग मनाउन आग्रह गरेको छ ।

सो विज्ञापन एभरेष्ट बैंकको अधिकारिक फेसबुक पेज वा युटुब च्यानलमा गइ हेर्न सकिन्छ । देशभर बैंकका करिब १२ लाख ग्राहक छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *