सुनचाँदी व्यवासायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच समझदारी

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सवीच आइतबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई संस्थावीच सरल र सहजरुपमा इन्स्योरेन्सको कामगर्ने विषयको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले सो समझदारीपत्रमा हस्ताक्षर गरे ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार यो समझदारी सँगै अव मुलुकभरका सुनचाँदी ब्यवसायीले एनएलजी इन्स्योरेन्स कम्पनिसँग सहज र सरलरुपमा इन्स्योरेन्स गरी ब्यवसायिक लाभ लिन सक्नेछन् । देशभरका सवै जिल्ला तथा नगर एवं एशोसिएटस सदस्यहरुले कम्पनिको कुनै पनि शाखावाट यो सुविधा लिन सक्ने उनले बताए ।

कर्यक्रममा एनएलजी इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले दुई संस्थावीच भएको समझदारीले सुनचाँदी व्यवसायी महासंघमाआवद्ध व्यवसायी लाभान्वित हुने धारणा राखे ।

यसक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले दुई संस्थाबीच भएको समझदारी र त्यसवाट व्यवसायीले लिनसक्ने लाभका बारेमा जानकारी गराए ।

महासंघका प्रवक्ता मनोज शाहले व्यवसायीकाे हितका लागि महासंघले एनएलजी इन्स्योरेन्स कम्पनिसँग समझदारी गरेको बताए ।

सुनचाँदी ब्यवसाय आफैंमा अत्यन्तै संवेदनशील व्यवसाय हो । यसर्थ यस व्यवसायमा आवद्ध व्यवसायीहरुका लागि यो सम्झौताले महत्वपूर्ण लाभ पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *