नेप्सेमा १०८ अंककाे गिरावट, सवा ११ अर्बकाे काराेबार

काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा आइतबार निकै ठूलो गिरावट आएको छ ।

यस दिन परिसूचक १०८.२६ अंकले घटेर २८१८.७२ विन्दुमा समेटिएको छ । यस दिन बजार सुरु भएको २ घण्टामै बजार ५.०३ प्रतिशत (१४७ अंकभन्दा बढी)ले घटेपछि कारोबार ४० मिनेटका लागि स्थति भएको थियो ।

१ बजेर ३९ मिनेट ५५ सेकेन्डमा पुन सुरु भएको कारोबारपछि भने झण्डै ३९ अंकले परिसूचक बढेपछि यस दिनको परिसूचक १०८.२६ अंकले मात्रै घटेको हो ।

यस दिन कुल ११ अर्ब २४ करोड ३ लाख ९१ ह्जार ४५ रुपैयाँमा २ करोड ३० लाख ७९ हजार ८ सय ३२ कित्ता सेयर कारोबार भयो ।

यति ठूलो संख्यामा घटेको बजारमा पनि सानिमा लाइफ इन्स्योरेन्स कम्पीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर ३७३ .८० अंक पुगेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *