नेप्सेमा पहिराे, कारोबारको २ घण्टामै १४७ अंकले घटेर सर्किट ब्रेक

काठमाडौँ । साताको पहिलो दिन आइतबार कारोबारको २ घण्टामै सेयर बजार नेप्से परिसूचक १४७ अंकले घटेको छ । दुई चारबाहेक सबै कम्पनीका सूचक राताम्ये देखिएका छन् ।

एकै दिन ५.०३ प्रतिशतले बजार घटेपछि १ बजेदेखि ४० मिनेटसम्म सर्किट ब्रेक लागेर कारोबार रोकिएको छ । १ बज्न ५ सेकेन्ड मात्र बाँकी हुँदा परिसूचक २७७९ अंकमा ओर्लिसकेको छ ।

सेन्सेटिभ परिसूचक समेत २६ अंकले घटेर ५१४ अंकमा झरिसकेको छ । याे अवधिसम्म १ करोड ४७ लाख कित्ता सेयर ७ अर्ब १९ करोडमा कारोबार भइसकेको छ ।

सबैभन्दा बढी जीवन बीमा कम्पनीहरुको समूहगत परिसूचक ७२५ अंकले ओरालो लागेको छ ।

पुराना लगानीकर्ताले हालसम्म बढेको बजारको नाफा बुक गर्नतर्फ लागेकोले बजार ओरालो यात्रामा देखिएको छ । त्यस्तै, नयाँ लगानीकर्ता घटेको बजारमा आकर्षित हुँदा कारोबार संख्या भने बढेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *