सेजन अध्यक्षमा जनार्दन बराल विजयी

काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा जनार्दन बराल विजयी भएका छन् ।

बराल १ सय १४ मतका साथ अध्यक्ष पदमा विजयी भएका हुन् । प्रतिस्पर्धी आशिष ज्ञवालीले ८० मत ल्याएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी शिरोमणी ढुंगानाले ४८ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा सुजन ओली विजयी भएका छन् । त्यस्तै, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा विजयी भएका छन् ।

सदस्यहरूमा अच्युत पुरी, इशारा काेइराला, शाेभित थपलिया, चेतबहादुर अधिकारी र अमर बडुवाल विजयी भएका छन् ।

सेजनको २२ औं वार्षिक साधारणसभा तथा अधिवेशन शुक्रबार नयाँ बानेश्वरकाे इन्द्रेणी फुडल्याण्डमा भएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 17 =