अधुरै रहे सिद्धार्थका यी काम

एजेन्सी । भारतीय रियालिटी शो ‘बिग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको हृदय घातका कारण ४० वर्षाको उमेरमा बिहीबार निधन भएको छ । शुक्लाको चर्चा बिग बिस विजेता भएसँगै सुरु भएको हो । उनी त्यसपश्चात् धेरै काममा जोडिएका थिए ।

भुला दुङ्गा, सोना सोना र दिलको करार आया गीत पश्चात् शुक्लाको भर्खरै ब्रोकन बट ब्युटिफूल ए सिरिज सार्वजनिक भएको थियो । उनका सबै सिरिज चर्चित बनेका छन् । त्यसै कारण उनका आगामी चलचित्र, सिरिज र शोको विषयमा चर्चा चलिरहन्थ्यो । तर उनको निधन पश्चात् केही काम (प्रोजेक्ट)अधुरै रहने भएका छन् ।

एमटीभीको रियालिटी शो
सिद्धार्थ शुक्ला एमटीभीको रियालिटी शो ‘एस अफ स्पेस’को तेस्रो सिजन होस्ट गर्ने तयारीमा थिए । यसअघिका दुई सिजनमा विकाश गुप्ता होस्टको रूपमा रहेका थिए । यसअघि सिद्धार्थले बिग बोस १४ को वार एपिसोड होस्ट गरेका थिए । यस्तैमा उनलाई दोस्रो पटक कार्यक्रम सञ्चालन गर्ने अवसर आएको थियो । उनीसँगै उनका फ्यान पनि यो शोलाई लिएर उत्साहित थिए ।

ओटीटीमा अफर
सिद्धार्थ शुक्लाले हालसालै डिज्नी प्लस हटस्टारको सिरिज साइन गरेका थिए । जसमा उनको साथ मोनिका डोगरा र पङ्कज त्रिपाठी मुख्य भूमिकामा देखिँदै थिए । यो स्पाई थ्रीलर सिरिजमा सिद्धार्थलाई हेर्ने दर्शकको रहर अधुरै रह्यो ।

त्यस्तै उनले चर्चित टेलिभिजन एक्टर जेनिफर विंगेटसँग एउटा सिरिज साइन गरेका थिए । तर यसको अफिसियल अनाउन्समेन्ट हुन भने बाँकि थियो । रोमान्टिक ड्रामा वेब सिरिजमा समेत सिद्धार्थ जोडिने चर्चा थियो । सौरभ तिवारीले निर्माण गर्ने यो सिरिजमा दस एपिसोड रहनेछ ।

ब्रोकन बट ब्युटिफूल ३ को सफलतापछि सिद्धार्थलाई लिएर चौथो सिरिज बनाउने तयारीमा निर्माता थिए ।

आदिपुरुष
ओम राउतको चलचित्र आदिपुरुषमा प्रभास, कृति सेनन र सेफ अलि खान मुख्य भूमिकामा छन् । सिद्धार्थसमेत जोडिएको भन्ने चर्चा चलेपछि उनले सुरुवातमा आफू नरहने बताए पनि पछिल्लो समय उनी यो समूहसँग जोडिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *