मनकामना केबुलकार आइतबारदेखि खुल्ने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) दोस्रो लहरका कारण बन्द रहेको मनकामना केबुलकार आउँदो भदौ २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

स्वास्थ्य सुरक्षा मापदण्डअनुसार स्ट्यान्डर्ड अपरेटिङ प्रोसेड्युअर पालना गर्दै स्वास्थ्य सुरक्षाको कडा नियमहरू अपनाउँदै केबुलकार सेवा सञ्चालनमा आउन लागेको मनकामना केवलकारले जनाएको छ ।

संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबारको लागि ई-सेवा, फोन-पे आदि जस्ता डिजिटल माध्यमबाटै यात्रुले केबुलकारको टिकट खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।

त्यसैगरी, मनकामना केबुलकारले तल्लो स्टेसनमा सञ्चालन गरेको रेस्टुरेन्ट पनि आगामी आइतबारदेखि नै सञ्चालनमा ल्याउने व्यहोरासमेत जानकारी गराएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *