खुल्यो सामलिङ्ग पावरको आईपीओ

काठमाडौं । आयोजना प्रभावितका लागि सामलिङ्ग पावर कम्पनीको आजबाटआइपीओ बिक्री खुला भएको छ । यो अघि कम्पनीले आयोजना प्रभावितका लागि साउन २२ गतेदेखि आइपीओ बिक्री खुला गर्ने जनाएकोमा निषेधाज्ञाका कारण स्थगित भएको थियो ।

यस कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावितका लागि कुल ५ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमध्ये अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं ४ र ५ का स्थानीय बासिन्दालाई ४० प्रतिशत अर्थात २ लाख कित्ता सेयर छुट्याइएको छ । बाँकी ६० प्रतिशत अर्थात ३ लाख कित्ता भने इलाम जिल्लाभरका स्थानीयका लागि छुट्याइएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको आइपीओ बिक्रीमा ल्याएको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । स्थानीयले असोज १ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले इलाम जिल्लामा रहेका सिद्धार्थ बैंक, एनएमबि बैंक, नेपाल एसबीआई बैंक, सिभिल बैंक र लक्ष्मी बैंक शाखाबाट आवेदन दिन पाउनेछन् । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *