एनआरएनए कोरियाको ‘एनआरएनए शो’

काठमाडौँ । गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले साप्ताहिक कार्यक्रम ‘दी एनआरएनए शो’  शुरु गरेको छ ।

कोरियामा रहेका नेपालीको साझा आवाज बोल्ने, प्रवासी नेपालीहरूलाई आफ्नो देशको कला,साहित्य, संगित लगायत समाजका विविध पाटासँग जोड्ने तथा मनोरञ्जन र जानकारी दिन कार्यक्रम निर्माण गरिएको एनआरएनए कोरियाले जनाएको छ ।

दुई शृङ्खला संचालन भइसकेको यो कार्यक्रमका निर्देशक एनआरएनए कोरियाका युवा संयोजक अनित थपलिया र प्रस्तोता गोविन्द बानियाँ हुन् । कार्यक्रम साप्ताहिक रुपमा एनआरएनए साउथ कोरिया फेसबुक पेज तथा युट्युबमा टीभी ९९ एचडीबाट प्रत्यक्ष प्रसारण हुने बताइएको छ ।

कोरियमा सक्रिय विभिन्न संघसंस्थाले फरक फरक रुपमा यस्ता कार्यक्रम संचालन गर्दै आएपनि यो शो भने एनआरएनएले पहिलोपटक संचालन गर्न लागेको हो । नियमित रुपमा १ वर्षसम्म कार्यक्रम निरन्तर संचालन हुने कार्यक्रम निर्देशक थपलियाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *